Wednesday, December 31, 2014

मृत्युः (स्रग्विणी छन्द)

फूलको वासना हुन्छकाँ बोट्बिना                                प्रेमको अर्थ के मृत्युको मुखमा।

रातको माझमा इन्दुको साथमा                                 
प्राण त्यो राकियो मुक्तिको आशमा।

खै कहाँ गैगयो लाश यो छोडि याँ                              
जिन्दगी जिउने यात्रु त्यो आशमा।

को थियो व्यक्ति त्यो नाम के भन्दथ्यो                          काल लौ आ भनी प्रार्थना गर्दथ्यो।

त्यो दुखी गै गयो आशुको भेलमा                              
लाश त्यो रै गयो भीडको माझमा।   


म बोल्दिन, म सुन्दछु

    म बोल्दिन, म सुन्दछु। म हेर्दिन, म देख्दछु। म लेख्दिन, म कोर्दछु। म स्वयं आफुलार्इ भुलेर खाजिरहेछु, स्वार्थ भित्र लुकेको मानव जातिको यथार्थ। म कोरिरहेछु कालो रङ्ले सेतो पानामा कहिले मेरो पीडा कहिले मानव जगतको क्रिडा त कहिले बोक्रे राजनितिको खोक्रो सपना, कहिले उत्पिडन, कहिले हाँसो, कहिले पिल्सिएका वर्गको रोदन। म कोरिरहेछु बिना कुनै बन्धन बिना कुनै सीमा, म कालो रङ्ले सेतो धरती पोतीरहेछु।

   म तितो यथार्थ माथि वौध्दिक चिन्तनको धरातल देखिरहेछु अनि त्यही देखाइलार्इ सोचाइमा रूपान्तरण गर्दै रङ्ले भित्तो पोतिरहेछु। मेरो यो सिलसिला जारी रहनेछ जबसम्म भित्तामा कुँदिएका अक्षरको मर्म बुझिँदैन, जबसम्म गरीबी र उत्पिडनमा पिल्सिएका वर्गको अनि रोग र शोकले थिचिएका वर्गको उत्थान हुँदैन, तिनिहरूको पहिचानको सम्मान हुँदैन।

   म पोतिरहन्छु हरेक नागरिकले स्वतन्त्रताको अाभाष नगरेसम्म, हरेक महिलाले आत्मसम्मान र हरेक बालकले बाल अधिकारको प्रतिवध्दता नपाएसम्म, म पोतिरहन्छु कालो रङ्को अन्तिम थोपा रहेसम्म, सडकको भित्तो रित्तो नभएसम्म म पोतिरहन्छु, पोतिरहन्छु


नबाेलेरै जाने भए

नबोलेरै जाने भए मुस्कान दिन छोडे हुन्छ                       
धोका दिने वाहाना भए बन्दन अाजै तोडे हुन्छ।

सपना मात्र देखाएर मायाको भ्रम छर्याै तिमिले                   
मलार्इ पागल बनाउनुभन्दा मुटु मेरो फाेडे हुन्छ।

प्रेमको सागर दिनेलार्इ विश्वासघात गर्याै तिमीले                    
तिम्रो त्यो स्वार्थी मन अब अन्तै जोडे हुन्छ।

नबोलेरै जाने भए मुस्कान दिन छोडे हुन्छ                       
धोका दिने वाहाना भए बन्दन अाजै तोडे हुन्छ।