Tuesday, June 30, 2015
Monday, June 29, 2015
Thursday, March 26, 2015
Tuesday, February 17, 2015
किन किन
किन किन आज मलाई
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
नसालु ति नजरले
फर्कि मलाइ हेर्दा
अङ्गालोमा उनलाई आज गाँस्न मन लाग्यो ।
पहिलो नजरमै
लठ्याउने उनको रूप हेरी हेरी
उनीसँगै आज मलाई नाँच्न मन लाग्यो ।
कत्ति आए कत्ति गए
ख्रोक्रो माया गर्नेहरू
चोखो माया उनकै लागि साँच्न मन लाग्यो ।
कति गर्छै माया भनी
प्रश्न उनले गर्दा
मुटु फोरी उनको माया जाँच्न मन लाग्यो।
किन किन आज मलाई,
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
गजल एक
म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।
मुटु जलाएर गयौ तिमी, प्रेम सोचेथेँ आगो रैछौ
म त जिँउदै मरेको छु, तिमी त बाँचिरहेकै होलाऊ ।
टुक्रायौ तिमीले मेरा सपनाहरू, टुक्रियो मेरो मुटु पनि
मेरो त मात्र तिमी थियौ ,तिम्ले त अरूनी साँचिराखेकै होलाऊ ।
आखिर जे भएनि, दुई जिउकी छौ छैनौ त जाँचिराखेकै होलाऊ ।
म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।Friday, January 9, 2015
शहिद नामकोः
आकाश गड्छ, पाताल डड्छ
खोला नाला, ताल तलैया बड्छ
जिउँदै मरेको लाश बोक्छ
अनि गल्लिमा मरेकाको त कुरा छाडौँ
नभएका मान्छेको मृत्यु दर्ता गरी
खोला नाला, ताल तलैया बड्छ
जिउँदै मरेको लाश बोक्छ
अनि गल्लिमा मरेकाको त कुरा छाडौँ
नभएका मान्छेको मृत्यु दर्ता गरी
ऊ यहाँ शहिद
तोक्छ।
देश त्यागी असेपासेका लागि ऊ लड्छ
माननीय वुद्धिजीवी ऊ आफैँ ठहर्छ
माटो रोओस् देश रोओस्
मरेपछि ऊ नै यहाँ शहिद कहलिन्छ।
Subscribe to:
Posts (Atom)