म
बोल्दिन, म
सुन्दछु। म हेर्दिन, म
देख्दछु। म लेख्दिन, म
कोर्दछु। म स्वयं आफुलार्इ भुलेर खाजिरहेछु, स्वार्थ भित्र लुकेको मानव जातिको यथार्थ। म कोरिरहेछु कालो रङ्ले
सेतो पानामा कहिले मेरो पीडा कहिले मानव जगतको क्रिडा त कहिले बोक्रे राजनितिको
खोक्रो सपना, कहिले
उत्पिडन, कहिले
हाँसो, कहिले
पिल्सिएका वर्गको रोदन। म कोरिरहेछु बिना कुनै बन्धन बिना कुनै सीमा, म कालो रङ्ले सेतो धरती
पोतीरहेछु।
म तितो
यथार्थ माथि वौध्दिक चिन्तनको धरातल देखिरहेछु अनि त्यही देखाइलार्इ सोचाइमा
रूपान्तरण गर्दै रङ्ले भित्तो पोतिरहेछु। मेरो यो सिलसिला जारी रहनेछ जबसम्म
भित्तामा कुँदिएका अक्षरको मर्म बुझिँदैन, जबसम्म गरीबी र उत्पिडनमा पिल्सिएका वर्गको अनि रोग र शोकले थिचिएका
वर्गको उत्थान हुँदैन, तिनिहरूको
पहिचानको सम्मान हुँदैन।
म
पोतिरहन्छु हरेक नागरिकले स्वतन्त्रताको अाभाष नगरेसम्म, हरेक महिलाले आत्मसम्मान र
हरेक बालकले बाल अधिकारको प्रतिवध्दता नपाएसम्म, म पोतिरहन्छु कालो रङ्को अन्तिम थोपा रहेसम्म, सडकको भित्तो रित्तो
नभएसम्म म पोतिरहन्छु, पोतिरहन्छु