किन किन आज मलाई
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
नसालु ति नजरले
फर्कि मलाइ हेर्दा
अङ्गालोमा उनलाई आज गाँस्न मन लाग्यो ।
पहिलो नजरमै
लठ्याउने उनको रूप हेरी हेरी
उनीसँगै आज मलाई नाँच्न मन लाग्यो ।
कत्ति आए कत्ति गए
ख्रोक्रो माया गर्नेहरू
चोखो माया उनकै लागि साँच्न मन लाग्यो ।
कति गर्छै माया भनी
प्रश्न उनले गर्दा
मुटु फोरी उनको माया जाँच्न मन लाग्यो।
किन किन आज मलाई,
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
0 comments:
Post a Comment