Tuesday, February 17, 2015
किन किन
किन किन आज मलाई
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
नसालु ति नजरले
फर्कि मलाइ हेर्दा
अङ्गालोमा उनलाई आज गाँस्न मन लाग्यो ।
पहिलो नजरमै
लठ्याउने उनको रूप हेरी हेरी
उनीसँगै आज मलाई नाँच्न मन लाग्यो ।
कत्ति आए कत्ति गए
ख्रोक्रो माया गर्नेहरू
चोखो माया उनकै लागि साँच्न मन लाग्यो ।
कति गर्छै माया भनी
प्रश्न उनले गर्दा
मुटु फोरी उनको माया जाँच्न मन लाग्यो।
किन किन आज मलाई,
हाँस्न मन लाग्यो
उनीसँगै
बाँकि जिवन बाँच्न मन लाग्यो ।
गजल एक
म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।
मुटु जलाएर गयौ तिमी, प्रेम सोचेथेँ आगो रैछौ
म त जिँउदै मरेको छु, तिमी त बाँचिरहेकै होलाऊ ।
टुक्रायौ तिमीले मेरा सपनाहरू, टुक्रियो मेरो मुटु पनि
मेरो त मात्र तिमी थियौ ,तिम्ले त अरूनी साँचिराखेकै होलाऊ ।
आखिर जे भएनि, दुई जिउकी छौ छैनौ त जाँचिराखेकै होलाऊ ।
म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।Friday, January 9, 2015
शहिद नामकोः
आकाश गड्छ, पाताल डड्छ
खोला नाला, ताल तलैया बड्छ
जिउँदै मरेको लाश बोक्छ
अनि गल्लिमा मरेकाको त कुरा छाडौँ
नभएका मान्छेको मृत्यु दर्ता गरी
खोला नाला, ताल तलैया बड्छ
जिउँदै मरेको लाश बोक्छ
अनि गल्लिमा मरेकाको त कुरा छाडौँ
नभएका मान्छेको मृत्यु दर्ता गरी
ऊ यहाँ शहिद
तोक्छ।
देश त्यागी असेपासेका लागि ऊ लड्छ
माननीय वुद्धिजीवी ऊ आफैँ ठहर्छ
माटो रोओस् देश रोओस्
मरेपछि ऊ नै यहाँ शहिद कहलिन्छ।
Wednesday, December 31, 2014
मृत्युः (स्रग्विणी छन्द)
फूलको वासना
हुन्छकाँ बोट्बिना प्रेमको अर्थ के मृत्युको मुखमा।
रातको माझमा इन्दुको
साथमा
प्राण त्यो राकियो मुक्तिको आशमा।
खै कहाँ गैगयो लाश
यो छोडि याँ
जिन्दगी जिउने यात्रु त्यो आशमा।
को थियो व्यक्ति
त्यो नाम के भन्दथ्यो काल लौ आ भनी प्रार्थना गर्दथ्यो।
त्यो
दुखी गै गयो आशुको भेलमा
लाश त्यो रै गयो भीडको माझमा।
Subscribe to:
Posts (Atom)