Tuesday, February 17, 2015

किन किन

किन किन आज मलाई हाँस्न मन लाग्यो                     
उनीसँगै  बाँकि जिवन बाँच्न मन लाग्यो । 

नसालु ति नजरले फर्कि मलाइ हेर्दा                        
अङ्गालोमा उनलाई आज गाँस्न मन लाग्यो ।

पहिलो नजरमै लठ्याउने उनको रूप हेरी हेरी                   
उनीसँगै आज मलाई नाँच्न मन लाग्यो ।

कत्ति आए कत्ति गए ख्रोक्रो माया गर्नेहरू                        
चोखो माया उनकै लागि साँच्न मन लाग्यो ।

कति गर्छै माया भनी प्रश्न उनले गर्दा                           
मुटु फोरी उनको माया जाँच्न मन लाग्यो।

किन किन आज मलाई, हाँस्न मन लाग्यो                    
उनीसँगै  बाँकि जिवन बाँच्न मन लाग्यो ।




गजल एक

म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ                     
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।

मुटु जलाएर गयौ तिमी, प्रेम सोचेथेँ आगो रैछौ                        
म त जिँउदै मरेको छु, तिमी त बाँचिरहेकै होलाऊ ।  
         
टुक्रायौ तिमीले मेरा सपनाहरू, टुक्रियो मेरो मुटु पनि        
मेरो त मात्र तिमी थियौ ,तिम्ले त अरूनी साँचिराखेकै होलाऊ ।

हिजो एउटासँग आज अक्रोसँग, तिम्लाई त जवानि चडेछ प्रिय     
आखिर जे भएनि, दुई जिउकी छौ छैनौ त जाँचिराखेकै होलाऊ ।

म त रोइरहेकै छु, तिमी त हाँसिरहेकै होलाऊ                     
तिम्रो त इच्छा पुरा भयो, सायद नाँचिरहेकै पो होलाऊ ।